नारायणकाजीलाई तर्साउन बाबुरामसँग सम्झौता



हाम्रो इकोनोमि

 

 

माओवादी अध्यक्ष प्रचण्ड माधवकुमार नेपालसहित सबै आकार-प्रकारका माओवादीहरूलाई एकतावद्ध तुल्याएर तेस्रो शक्तिको निर्माणमा जुट्नुभएको छ । मुलुकमा दुईदलीय अभ्यास हुन सक्ने सङ्केत देखिएपछि प्रचण्ड तेस्रो शक्ति निर्माण गरेर आफ्नो भूमिका जीवित राख्ने प्रयासमा जुट्नुभएको छ ।

बाबुराम भट्टराई, उपेन्द्र यादव, वामदेव गौतम, मोहन वैद्य, धर्मेन्द्र बास्तोला र नेत्रविक्रम चन्द ‘विप्लव’ समेतलाई समेटेर ‘समाजवादी केन्द्र’ नामक पार्टी गठन गर्ने योजनामा प्रचण्ड हुनुहुन्छ । विप्लव तत्काल समेटिने स्थितिमा नरहे पनि सम्भव भएसम्मका समूहलाई मिलाएर ‘समाजवादी केन्द्र’ निर्माण गरिने र, समाजवाद स्थापनाको मार्ग सुदृढ तुल्याउने बताइएको छ ।

यस क्रममा बाबुराम भट्टराईलाई प्रचण्डले आफ्नै पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्न सहमत गराउनुभएको छ । आगामी संसदीय निर्वाचनपछि संसद्मा छिर्ने बाटो फेला नपारेर छट्पटिएका बाबुराम प्रचण्डसँग सहमति बनेपछि ढुक्क भएको बताइन्छ । बाबुरामलाई गोर्खा क्षेत्र नं. २ बाट नै उम्मेदवार बनाइने बुझिएको छ । गत संसदीय निर्वाचनमा उक्त क्षेत्रमा माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उम्मेदवार बन्नुभएको थियो । यसपटक उक्त निर्वाचन क्षेत्रमा माओवादीले आफ्नो चिन्ह दिएर बाबुरामलाई उम्मेदवार बनाएमा नारायणकाजी श्रेष्ठको चुनावक्षेत्र कहाँ होला भन्ने प्रश्न उठेको छ ।

स्मरणीय छ, प्रतिनिधिसभामा श्रेष्ठ विजयी भएर आएमा उहाँबाट संसदीय दलको नेता पदमा दाबी रहने प्रचण्डको बुझाइ छ । त्यसैले श्रेष्ठलाई कुनै सूरक्षित निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउन प्रचण्ड चाहनुहुन्न । उहाँलाई पहिले मकवानपुरबाट उम्मेदवार बनाइएको थियो भने गत संसदीय निर्वाचनमा गोर्खा-२ बाट उम्मेदवार बनाएर पराजित गराइएको थियो । काङ्ग्रेससँग गठबन्धन भएर चुनावमा जाँदा उक्त निर्वाचन क्षेत्रबाट आगामी निर्वाचनमा नारायणकाजी श्रेष्ठको विजय हुने निश्चित मानिन्छ । त्यसैले श्रेष्ठलाई प्रतिनिधिसभामा प्रवेश हुनबाट रोक्नकै लागि प्रचण्डले बाबुरामलाई अगाडि सारेको ठानिएको छ ।

श्रेष्ठ राष्ट्रियसभाको सदस्य पद त्यागेर प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार दिने तयारीमा रहेको बेला उहाँसँग सामान्य परामर्श नै नगरी प्रचण्डले बाबुरामसँग समझदारी बनाउनुभएको बताइएको छ । समाजवादी केन्द्र बनाउने र आफैं पुनः शक्तिशाली बन्ने योजनामा प्रचण्ड सफल/असफल जे भए पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजीलाई पन्छाउन भने उहाँ सफल हुने सम्भावना छ । तर कदाचित गोर्खा परित्याग गर्नुपरेछ भने पनि कुनै सूरक्षित निर्वाचन क्षत्रमा श्रेष्ठलाई उम्मेदवार बनाउन प्रचण्ड बाध्य हुनुपर्ने स्थिति छ । गोर्खा बाबुरामलाई दिएमा ललितपुरको ३ नम्बर निर्वाचन क्षेत्रबाट श्रेष्ठलाई उम्मेदवार बनाउनुपर्ने माओवादी सम्वद्ध सूत्रले जनाएको छ । त्यस्तो स्थितिमा पम्फा भुसाललाई समानुपातिकमा पठाएर श्रेष्ठलाई उक्त क्षेत्रको उम्मेदवार बनाइन सक्ने सम्भावना रहने छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...