प्रदेशसभा र जिसस खारेज गरौं : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विद्यमान प्रदेश संरचना राज्यकोष दोहनको थलो बनेको निस्कर्ष निकालेका छन् । हालको संरचनामा आमूल सुधारको आवश्यकता औंल्याउँदै उनले प्रदेश सभा र जिल्ला समन्वय समिति खारेजीको प्रस्तावसमेत अघि सारेका छन् ।

सातै प्रदेशमा पार्टीको भेला सम्पन्न गरेपश्चात लामिछानेले संघीय प्रणालीको समिक्षा गरेका हुन् । संघीयताका तीन तहमध्ये बीचको प्रदेश संरचनालाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकता चरम निराशा रहेको उनी बताउँछन् । पार्टीको भेलामा बोल्ने प्राय सबैले प्रदेश संरचनाको आलोचना गरेको उनको भनाइ छ ।

लामिछाने भन्छन्, ‘प्रदेशको अहिलेको संरचना राज्यकोषको दोहन गरेर दलका नेता व्यवस्थापन गर्ने थलो र भ्रष्टाचारको अखडा मात्र बनाइएको देखिन्छ ।’ हरेक राजनीतिक पार्टीले जनताको आवाज सुन्नपर्ने भन्दै उनले यथास्थितमा आफ्नो पार्टी प्रदेशको चुनावमा सहभागी नहुने बताएका छन् । आज जारी गरेको भिडियो सन्देशमा उनले भनेका छन्, ‘यथास्थितिमा प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनको हिस्सेदार बन्नुबाहेक अरु केही होइन । अहिलेकै अवस्थामा प्रदेश सभामा पुगेर पनि केही उपलब्धी हुने देखिँदैन ।’

जनताको आवाज सुन्ने बताए पनि लामिछाने संघीय प्रणाली खारेजीको पक्षमा भने उभिएका छैनन् । बरु प्रदेश संरचनामै सुधार गरेर कम खर्चिलो बनाउनुपर्ने उनको प्रस्ताव छ । ‘प्रदेश खारेजी होइन यसमा सुधार चाहिन्छ,’ उनले भनेका छन् । साथै सुधारका लागि आफ्नो अवधारणा पनि प्रस्तुत गरेका छन् । लामिछानेको अवधारणामा प्रदेशमा एक प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र एक उपमुख्यमन्त्री रहन्छन् । प्रदेशका बाँकी सबै मन्त्रालय खारेज गर्नुपर्ने उनको प्रस्ताव छ । प्रदेश प्रमुख पनि हटाएर मुख्यमन्त्रीले सोझै राष्ट्रपतिबाट सपथ लिने व्यवस्था गर्न उनले सुझाएका छन् ।

लामिछानेले प्रदेश सभा खारेज गरेर जिल्ला प्रमुखहरु नियुक्त गर्नुपर्ने नयाँ सोच अघि सारेका छन् । यसैगरि, पालिका सभा सदस्यहरुबाट २१ देखि ३५ सदस्यिय प्रदेश परिषद गठन गर्नुपर्ने उनको प्रस्ताव छ । यी परिषदबाट नीति कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...