प्रदेशसभा र जिसस खारेज गरौं : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विद्यमान प्रदेश संरचना राज्यकोष दोहनको थलो बनेको निस्कर्ष निकालेका छन् । हालको संरचनामा आमूल सुधारको आवश्यकता औंल्याउँदै उनले प्रदेश सभा र जिल्ला समन्वय समिति खारेजीको प्रस्तावसमेत अघि सारेका छन् ।

सातै प्रदेशमा पार्टीको भेला सम्पन्न गरेपश्चात लामिछानेले संघीय प्रणालीको समिक्षा गरेका हुन् । संघीयताका तीन तहमध्ये बीचको प्रदेश संरचनालाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकता चरम निराशा रहेको उनी बताउँछन् । पार्टीको भेलामा बोल्ने प्राय सबैले प्रदेश संरचनाको आलोचना गरेको उनको भनाइ छ ।

लामिछाने भन्छन्, ‘प्रदेशको अहिलेको संरचना राज्यकोषको दोहन गरेर दलका नेता व्यवस्थापन गर्ने थलो र भ्रष्टाचारको अखडा मात्र बनाइएको देखिन्छ ।’ हरेक राजनीतिक पार्टीले जनताको आवाज सुन्नपर्ने भन्दै उनले यथास्थितमा आफ्नो पार्टी प्रदेशको चुनावमा सहभागी नहुने बताएका छन् । आज जारी गरेको भिडियो सन्देशमा उनले भनेका छन्, ‘यथास्थितिमा प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनको हिस्सेदार बन्नुबाहेक अरु केही होइन । अहिलेकै अवस्थामा प्रदेश सभामा पुगेर पनि केही उपलब्धी हुने देखिँदैन ।’

जनताको आवाज सुन्ने बताए पनि लामिछाने संघीय प्रणाली खारेजीको पक्षमा भने उभिएका छैनन् । बरु प्रदेश संरचनामै सुधार गरेर कम खर्चिलो बनाउनुपर्ने उनको प्रस्ताव छ । ‘प्रदेश खारेजी होइन यसमा सुधार चाहिन्छ,’ उनले भनेका छन् । साथै सुधारका लागि आफ्नो अवधारणा पनि प्रस्तुत गरेका छन् । लामिछानेको अवधारणामा प्रदेशमा एक प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र एक उपमुख्यमन्त्री रहन्छन् । प्रदेशका बाँकी सबै मन्त्रालय खारेज गर्नुपर्ने उनको प्रस्ताव छ । प्रदेश प्रमुख पनि हटाएर मुख्यमन्त्रीले सोझै राष्ट्रपतिबाट सपथ लिने व्यवस्था गर्न उनले सुझाएका छन् ।

लामिछानेले प्रदेश सभा खारेज गरेर जिल्ला प्रमुखहरु नियुक्त गर्नुपर्ने नयाँ सोच अघि सारेका छन् । यसैगरि, पालिका सभा सदस्यहरुबाट २१ देखि ३५ सदस्यिय प्रदेश परिषद गठन गर्नुपर्ने उनको प्रस्ताव छ । यी परिषदबाट नीति कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...