रवि लामिछानेको पार्टीले प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा  सहभागी नहुने भएको छ। रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नजनाउने भएको हो । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछानेले भिडियाे सन्देशमार्फत बताए ।

‘देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौं नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापकरूपमा देखेको छु । प्रदेश तहको अहिलेको संरचना राज्यकोषको दोहन गरेर राजनीतिक दलका दोस्र, तेस्रा, चौथो तहका नेता व्यवस्थापन गर्ने थलो बनाइएको देखिन्छ ।’ उनले भनेका छन,’यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन। प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं।’ कैयौं मानिस यसको खारेजी माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको रविले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...