एक सीटका लागी प्रचण्डको शरणमा वामदेव



हाम्रो इकोनोमि

 

 

नेकपा एकता अभियान सन्चालन गरिरहेका नेता वामदेव गौतमले आफूलाई गठबन्धनबाट सीट दिलाउने कि माओवादीको कोटाबाट दिने भन्ने जिम्मा प्रचण्डलाई रहेको बताएका छन् । माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले गठबन्धनमा सामेल भएको सुनिश्चित भएकाले आफूले माओवादीको चुनाव चिन्ह लिएको बताए ।

गौतमले भने, ‘माओवादीकै कोटाबाट मलाई सीट दिने हो कि गठबन्धनमा कुरा गरेर अलग्गै सीट दिलाउने भन्ने जिम्मा प्रचण्डलाई दिएको छु । उहाँले जसरी हुन्छ मलाई दिने हो । मैले माओवादीको चुनाव चिन्ह प्रयोग गरेको हुँ र माओवादीको गठबन्धनमा गएको हुँ ।’ गौतमले आफूले प्रतिनिधिसभातर्फ एक सीट र प्रदेशसभामा २ सीट कम्तिमा नेकपा एकता अभियानलाई दिनुपर्ने प्रस्ताव राखेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...