नेकपा एमालेविरुद्धको ८ दलीय गठबन्धन, बाबुराम र बामदेमका यस्ता सर्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेलाई सत्ताच्युत गर्न बनेको पाँचदलीय गठबन्धन आउने चुनावसम्म विस्तार हुँदै ८ दलीय बन्ने भएको छ । सत्ता गठबन्धनमा रहेका पाँच दलको गठबन्धनमा जसपाबाट फुटेको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान पनि मिसिएपछि सातदलीय बनेको छ । आउने चुनावमा एमालेविरुद्ध कम्तीमा ८ दलीय र बढीमा ९ दलसम्मको मोर्चा बन्ने देखिएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनमा अब बाबुराम र वामदेव पनि दलीय हैसियतमै थपिएका छन् । यद्यपि उनीहरूले माओवादीको चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको छ ।

माओवादीको चुनाव चिन्ह प्रयोग भए पनि उनीहरूले केही क्षेत्रमा आफ्ना उम्मेदवार उठाउन गठबन्धनमा भागबण्डाको माग गरेका छन् । माओवादी स्थायी कमिटी बैठकमा बाबुराम र वामदेवको सर्तबारे छलफल भएको र यो विषयमा गठबन्धनमा छलफल गर्ने माओवादी नेताहरूले बताएका छन् ।

के छन् बाबुराम र बामदेमका सर्त ?

बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णवहादुर महराले वामदेव र बाबुरामका कतिपय सर्त रहेको र त्यसबारेमा गठबन्धन पछि छलफल हुने जानकारी दिए । माओवादी स्थायी कमिटी बैठक बुधबार फेरि बस्ने महराले बताए । पार्टीका एक स्थायी समिति सदस्यका अनुसार बाबुराम भट्टराई र वामदेव गौतमले माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिनका लागि केही सर्त राखेका छन् । उनका अनुसार ती सर्तमध्ये मुख्य सर्त भनेको आफ्ना कतिपय नेतालाई चाहेको ठाउँमा निर्वाचनमा सहभागी गराउनुपर्ने छ ।

उनले भने, ‘त्यस्तो खासै सर्त त होइन, तर उहाँहरुले हाम्रा कतिपय नेता कार्यकर्तालाई हामीले रोजेको ठाउँमा निर्वाचनमा लड्न दिनुपर्छ भन्नुभएको छ । त्यो गठबन्धनसँग छलफल गरेको टुंगो लगाउने भन्ने भएको छ ।’ यसैबीच गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि समेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेका छन् । चुनावपछिको गठबन्धनलाई समेत आँकलन गरेर देउवाले लोसपालाई पनि गठबन्धनमा समेट्न खोजेको बताइएको छ ।

सरकारमा सामेल हुन लोसपा चाहेको छ । तर, सरकारमा सामेल गर्न अब समय कम भए पनि गठबन्धनमा सामेल गरेर चुनावमा लैजाने तयारी भइरहेको गठबन्धनका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...