करका दर व्यापारीले तोक्छ, जनता लुटिएको छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारबाट जनता लुटिएकाले मन पोल्ने गरेको बताएका छन् ।आज बिहान काठमाडौमा ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई वर्तमान सरकारले सेटिङमा बजेट निर्माण गरेको, व्यपारीले करको दर हेरफेर गरेको र सरकार कसैको मनापदवी बढाउन नभएर देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ । जनता लुटिएकाले मन पोल्छ, सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको छ ।’

‘म कुनै सरकारलाई कटाक्ष गर्न किन चाहान्छु ? मेरो देशमा जुनसुकै सरकार बनेपनि स्वच्छ सरकार बनोस्, हरेक नेता त्यागी होस्, आडम्बरी पाखण्डी नहोस्’, उनले भने, ‘माछा खानु हुन्न भन्ने घर गएपछि किताबका पो खानुहुन्न खोला र पोखरीका खानुहुन्छ भन्ने नगरोस् ।’

उनले आफू प्रधानमन्त्री हुँदा कहिल्यै पनि पैसा छैन नभनेको बताए । ‘म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको कहिल्यै सुन्नुभयो ? यता पनि पैसा छ, उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ । धरहरा बन्छ पैसा छ । रानीपोखरी बन्छ पैसा छ, दरवार हाइस्कुल बन्छ पैसा छ । आर्मीको हेडक्वाटर बन्छ पैसा छ’, उनले ३९६ वटा अस्पताल आफूले एकै ठाउँबाट शिलान्यास गरेको र बजेट छुट्याए पनि अहिले पैसा नै नभएर केही काम नभएको बताए ।

‘अहिले सवै पैसा कटेको छ, केही विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ ?’पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो भन्नेमा आफूलाई चिन्ता लागेको बताए । ‘पैसा कसरी हरायो ? अलच्छिन कहाँबाट पस्यो ?’, सरकारलाई आलोचना गर्ने रुची नभएको भन्दै ओलीले भने, ‘एमालेको भन्दा राम्रो काम गरोस, विकास होस् जनताले दुख नपाउन् भन्नेमात्र हो ।’

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...