मुख्यमन्त्री र मन्त्रीहरु नै देउवा सरकारविरुद्ध धर्ना



हाम्रो इकोनोमि

 

 

पटक-पटक आग्रह गर्दा पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेसका मुख्यमन्त्री र मन्त्रीहरु धर्ना बसेका छन् । जनकपुरको मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरु धर्ना बसेका हुन् ‌। बिहान ११ः५० मा सुरु भएको धर्ना २ घण्टासम्म जारी राख्ने गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

संविधानमै प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने व्यवस्था छ । तर, संघले प्रहरी समायोजन गर्न चाहेको छैन । प्रधानमन्त्रीलाई प्रहरी समायोजनको काम अगाडि बढाउन पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरिएपछि गृह तथा सञ्चारमन्त्री साहले पत्रकार सम्मेलन गरी सातदिने अल्टिमेटम दिएका थिए ।

अल्टिमेटम दिएको समयभित्र पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेपछि बाध्य भएर अनसनमा बस्नुपरेको मन्त्री साहले बताए । माग पूरा नभएसम्म संघीय सरकारविरुद्ध आन्दोलन जारी राख्ने उनले जानकारी दिए । अनसनमा प्रतिपक्षी दल लोसपा र एमाले भने सहभागी छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...