१ करोड ३० लाखले मतदान गर्ने निर्वाचन आयोगको अनुमान



हाम्रो इकोनोमि

 

 

 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ करोड ८२ लाख मतदाता कायम भएका छन् । निर्वाचन आयोगका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन भने भइसकेको छैन । आयोगले आइतबार ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउने निर्वाचनमा करिब १ करोड ३० लाख मत खस्ने अनुमान गरिएको बताए ।

थपलियाले भने, ‘करिब १ करोड ८२ लाख मतदातामध्ये ४० लाख जति विदेशमा रहेको अनुमान छ । हाम्रो अनुमानमा यसपटक करीव १ करोड ३० देखि ३५ लाखसम्म मत खस्छ । यसपटक अस्थायी मतदाताको पनि व्यवस्था रहेकाले कर्मचारी, सेना, प्रहरी समेतले कार्यस्थलबाटै मतदान गर्दा मत खस्ने प्रतिशत बढ्छ ।’ आयोगले निर्वाचनमा करिब १० अर्ब रूपैयाँ निर्वाचन आयोगबाट खर्च हुने अनुमान गरेको छ । त्यस्तै १० हजार ८२५ मतदान स्थल रहने र करिब २२ हजार ५०० मतदान केन्द्र रहनेछन् ।

प्रमुख आयुक्त थपलियाले पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जुन दलको उम्मेदवार हुन्छन् वा स्वतन्त्र उम्मेदवार हुन्छन् उम्मेदवारको मात्र चुनाव चिन्ह राखेर मतपत्र छपाइ हुने बताए । यदि कुनै दलको प्रत्यक्ष उम्मेदवार छैन भने मतपत्रमा सो दलको चुनाव चिन्ह हुने छैन । यसपटक निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रममा रहेका मतदातालाई अस्थायी मतदाता सूचीमा राखिएको छ । उनीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...