वन जङगल जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ : मन्त्री यादव



हाम्रो इकोनोमि

 

 

 

 

वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको हरियाली वन जङगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताउनु भएको छ । आज वन विभागले वन परिसरमा स्थापना गरेको “सामुदायिक वन स्तम्भ” को वन दिवस २०७९ को अवसरमा अनावरण गर्नु हुँदै मन्त्री यादवले नेपालको वन जङगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको वन जङल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ, यो अभियानमा सबैको सहयोग अनि साथ चाहिन्छ ।” वन स्तम्भले तराई मधेशदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वन जङ्गल र वन्यजन्तु जोगाउने अभियानमा आ–आफ्नो स्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्र सेवकहरुको योगदानलाई कलात्मक रुपमा दर्शाउने समेत मन्त्री यादवले बिश्वास व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री यादवले सबै सामुदायिक वनका पदाधिकारी, वन कर्मचारी लगायतले नेपालको वन जङगलको संरक्षण गर्नुका साथै वन जोगाउन तर्फ लाग्न आग्रह गर्नुभयो । वन स्तम्भ निर्णमाण गर्न नेपालकै वन जङ्गलमा पाइने विभिन्न किसिमका काठ प्रयोग गरीएको र सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा अतुलनीय योगदान पु¥याउनु भएकाहरुको प्रतिकका रुपमा वन विभागले वन परिसरमा “सामुदायिक वन स्तम्भ” को निर्माण गरीएको वन निर्देशक राजेश केशीले जानकारी दिनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...