निर्वाचन कार्यतालिका स्वीकृत (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको आगामी निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आगामी मंसिर ४ गते तय भएको निर्वाचनका लागि आयोगको आइतबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । असोज २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

आयोगले पारित गरेको कार्यसूचीअनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गरिने छ भने असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । आयोगका अनुसार असोज २८ गतेबाट मतपत्र छपाई सुरु हुनेछ । यस्तै मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत, सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढवानी, मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण, राजनीतिक दलको प्रचारर प्रशार अवधीका लागि असोज २८ देखि मंसिर १ गतेसम्मको कार्यतालिका तय गरिएको छ । मंसिर २ गतेबाट मौन अवधी सुरुहुनेछ भने मंसिर ४ मा निर्वाचन हुनेछ ।

निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले उक्त काम गर्न भदौ २५ गते लेखी पठाइने आयोगले जनाएको छ । राजपत्रमा सूचना प्रकाशित भएपछि को लागू हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...