नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव



हाम्रो इकोनोमि

 

 

 

 

वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्नु हुँदै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढीलो गर्नु हुँदैन् ।” सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी गराउनु भयो । नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको र आफु मन्त्री नियूक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात भएको मन्त्री यादवले दावी गर्नुभयो ।

यसैगरी मन्त्री यादवले आगामी भदौं १ गतेदेखि प्लाष्टिक प्रदूषण मूक्त बनाउन थप कामहरु हुन गइरहेको बताउनुभयो । यसैगरी वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्लाष्टिक प्रदूषण मूक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन । हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोगको आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग आवश्यक छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पनि प्रतिबन्ध लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललीले उत्पादन गरेका फुलहरु बिक्रि हुँदैनन, प्लाष्टिक पूष्पगुच्छा तथा मालाले प्रदूषण गर्ने भएकाले मैले प्लाष्टिक पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छु ।” विमल विष्ट

प्रतिक्रिया दिनुहोस
माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता...

भक्तपुर मालपोतका नासुको ९ करोड ७३ लाखको अवैध सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत...

तिहारमा प्लास्टिकका फूलमाला बेचे जफत हुने

    नजिकिँदै गरेको दीपावली (तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किएर एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना...