आफ्नै पार्टीबाट चुनावमा भाग लिने हृदयेशको तयारी



हाम्रो इकोनोमि

 

 

 

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हबाट प्रतिस्पर्धा गरी सांसद तथा मन्त्री बनेका मधेसवादी नेता हृदयेश त्रिपाठी यसपटक भने आफ्नै पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने भएका छन् । त्रिपाठीले आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी दर्ता गरेका छन् । सो पार्टीले कोदाली बोकेको किसान चुनाव चिन्हबाट स्थानीय तह निर्वाचनमा भाग लिइसकेको छ ।

त्रिपाठीको पार्टीले रुपन्देहीको मर्चवार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ । रुपन्देही र उनकै निर्वाचन क्षेत्र पश्चिम नवलपरासीमा केही वडाध्यक्षसमेत जितेको छ । मंसिर ४ मा घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सूर्य चिन्हबाट नभई आफ्नै पार्टीको चिन्हबाट भाग लिने अध्यक्ष त्रिपाठीले नेपाल प्रेसलाई बताए । यद्यपि चुनावमा एमालेसँग तालमेल भने हुनसक्ने उनको भनाइ छ ।

त्रिपाठीले भने, ‘अघिल्लो चुनावमा हामीसँग राजनीतिक दल थिएन । राजपाबाट अलग भएर बसेका वेला चुनाव भयो । हामी त्यस वेला एमालेसँग मिलेर एमालेकै चिन्हबाट चुनाव लड्यौं । तर, अहिले त हाम्रो आफ्नै पार्टी र चिन्ह छ । त्यसैले सूर्य चिन्हबाट लड्ने कुरा आउँदैन । तर, एमालेसँग तालमेल हुनसक्छ ।’ त्रिपाठी र कपिलवस्तुका बृजेश गुप्ता एमालेबाट चुनाव लडेर प्रतिनिधिसभा सदस्य भएका थिए भने लुम्बिनीको प्रदेशसभामा पनि दुई जना सदस्य जिताएका थिए । अहिले गुप्ता एमालेमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...