प्रधानन्यायाधीशलाई गलत नियतले महाभियोग लगाए : प्रदीप ज्ञवाली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोगका भागिदार नै थिए भने किन अहिलेसम्म नटुंग्याएको भनी प्रश्न गरेका छन् । उनले सत्ता गठबन्धनले निलम्बनका लागि मात्र महाअभियोग ल्याएको बताए । ‘उनी महाभियोगको भागिदार हुन् भने अहिलेसम्म किन प्रक्रिया बढाइएन । हामीले गहिरो छानबिन गरौं भनिरहेकै थियो,’ सदनमा उनले भने, ‘तर, यो ढंगले होइन ? यसप्रकारणको प्रतिशोध साँध्नेगरी होइन ।’

सत्ता गठबन्धनले गलत नियतका साथ यो महाअभियोग ल्याइएको उनले बताए । ‘कस्तो देखियो नियत भने, जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नैपर्ने,’ उनले भने । फागुन २९ गते दर्ता भएको महाभियोग सामान्यतयाः तीन महिनामा टुंगिनुपर्नेमा अहिले आएर प्रक्रिया सुरू गर्नुले गलत नियत देखिएको सांसद ज्ञवालीले बताए । ‘नेपालीमा एक उखान छ । दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई,’ उनले भने, ‘दिनभरि त यो सरकार सुतेर बस्यो, अब सदनले तीन महिना पाउँछ कि पाउँदैन ।’

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...