वातावरण र आफ्नो गाउँ, ठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह



हाम्रो इकोनोमि

 

 

 

 

वन तथा वातावरणमन्त्री प्रदीप यावदले वृक्षारोपण गरेर वातावरण र आफ्नो गाउँ, ठाउँ हरित बनाउन आग्रह गर्नु भएको छ । आज आइतवार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित वालमन्दिरको प्रङ्गणमा राउण्ड टेबल नेपालद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री यादवले वृक्षारोपण गरेर वातावरण र आफ्नो गाउँ, ठाउँ हरित बनाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वृक्षारोपणको अभियान सबैको साझा हो, वृक्षारोपण गरेर आफ्ना गाउँ, ठाउँ हरियाली बनाउ, यो अभियानमा सबै लाग्न म आग्रह गर्दछु ।” यसैगरी मन्त्री यादवले सामाजिक क्षेत्रमा लामो समयदेखि उदाहरणिय काम गरिरहेका राउण्ड टेबल नेपाल संस्थाका युवाहरुले पछिल्लो समय वातावरणको क्षेत्रमा पनि उल्लेख्य काम गर्न थालेको देख्दा आफु निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वन जङ्गल जोगाउन तथा हरियाली बनाउनमा युवाहरुको भुमिका उल्लेख्य छ, युवाहरु अग्रसर भए हाम्रो देश हरियाली हुने तथा वन जङ्गल जोगिने छ ।”

राउण्ड टेबल नेपाल नामक संस्थाले वृक्षारोपण लगायत अन्य वन क्षेत्र जोगाउनमा उल्लेख्य भुमिका खेलिरहेको प्रति धन्यवाद व्यक्त गर्नु हुँदै मन्त्री यादवले अन्य संघ संस्थाहरुले उक्त संस्थाबाट प्रेरणा लिई काम गर्नु पर्ने धारणा राख्नु भयो । उक्त कार्यक्रममा मन्त्री यादव सहित विरगञ्ज महानगर पालिकाका नगरप्रमुख राजेशमान सिंह लगायतले वृक्षारोपण गर्नु भएको थियो । विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...