कर्मचारी नेता भोला पोखरेल एमालेमा फर्किए



हाम्रो इकोनोमि

 

 

निजामती कर्मचारीका नेता भोला पोखरेल नेकपा एमालेमै फर्किएका छन् । कर्मचारी वृत्तमा लामो समयदेखि माधव नेपालका विश्वास पात्र मानिएका पोखरेल केही अगुवा पेशाकर्मीसहित एमालेमै फर्किएका हुन् । उनी नेकपा एसका केन्द्रीय लेखा आयोगका सदस्यसमेत थिए ।

 

पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूले पार्टीमा स्वागत गरे । कर्मचारीको आधिकारिक ट्रेड युनियन महासंघका नेतासमेत रहेका पोखरेलले कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने यात्राका लागि मूलघर फर्केको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...