मन्त्री यादवद्धारा बुडर–बङ्क–नायल सडकको वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन स्वीकृत



हाम्रो इकोनोमि

 

 

वन तथा वातावरणमन्त्री प्रदीप यादवले सुदूरपश्चिम प्रदेश स्थित डोटीको बुडर तथा कञ्चनपुर जिल्लाको बङ्क–नायल सडकको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नु भएको छ । करिब १२.५ किमी लम्बाई रहेको उक्त सडकको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन लामो समयदेखि स्वीकृत नहुँदा सडक निर्माणमा समस्या हुँदै आएको थियो ।
मन्त्री यादवले वातावरण संरक्षण ऐन २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम माननीय मन्त्रिस्तरीय निर्णय गर्नु भइ उक्त सडकको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नु भएको हो । प्रतिवेदन स्वीकृत भएपछि अब उक्त सडक निर्माणका लागि सहज भएको मन्त्रालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि अब कञ्चनपुरबाट डडेल्धुरा जानका लागि कम्तिमा पनि तीन घण्टा मात्रै लाग्ने बङ्कका स्थानीयवासी तथा समाजसेवी सुरेन्द्र बमले जानकारी दिनुभयो ।

यसैगरी मन्त्री यादवले लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल कपिलबस्तुमा रहेको ५० शैया तथा बाँझकटेरी–ढोरपाटन खण्ड (सालझण्डि–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक, हुम्ला, कर्णाली जलविद्युत आयोजना (६०.७४ मेगावाट) हुम्ला, रहफ–भैरवस्थान–भानकोट–कालिकोट–हिल्सा चिन सडक तथा मेची महाकाली विद्युतिय रेलमार्गको निजगढ–हेटौँडा–भरतपुर खण्डको पनि मन्त्रिस्तरीय निर्णय गर्नु भइ वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...