सिट बाँडफाँटका लागि गठबन्धनको ११ सदस्यीय कार्यदल गठन



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनले चुनावी सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई-दुई जना सदस्य राखिएका छन् । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।

नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलले साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आँकलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...