गठबन्धनमा सिट बाँडफाँडको बिवाद, कांग्रेसले ६०/४० को प्रस्ताव ल्यायो



हाम्रो इकोनोमि

 

 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको आजको बैठकले कार्यदल गठन गर्दैछ । प्रधानमन्त्री निवास बालुवारमा बैठक बस्नुअघि कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँग अनौपचारिक छलफल समेत गरेका छन् । कार्यदल बन्दै गर्दा प्रतिनिधिसभाका १६५ सिटमा कांग्रेसले ६०/४० को प्रस्ताव राख्ने भएको छ ।

प्रधानमन्त्रीसँगको भेटपछि एक पदाधिकारीले भने–कांग्रेस एक्लै लड्दा पनि ८० सिट जित्ने आँकलन छ । गठबन्धन गर्दा त्यो भन्दा बढी नजित्ने हो भने किन गर्ने रु त्यसैले ६० प्रतिशत कांग्रेसले राख्ने र ४० प्रतिशत गठबन्धनका अन्य दललाई दिने हाम्रो औपचारिक प्रस्ताव हुन्छ ।

कांग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने र बाँकी अन्य घटकलाई दिने मनसाय राखेको छ । त्यसो गर्दा समानुपातिकको मत जोड्दा कांग्रेस एकल वहुमतको नजिक पुग्ने अपेक्षा नेताहरुको छ । कांग्रेस नेता अर्जुन नरसिंह केसीले ६० प्रतिशत सिटमा चुनाव नलड्ने हो भने कांग्रेसले गठबन्धन गर्नुको औचित्य नहुने र पार्टीमा ठूलो विद्रोह हुनसक्ने बताए । केही सिट तलमाथि भए पनि ६०-४० लाई आधार बनाइनुपर्ने उनको भनाइ छ ।

तर माओवादी लगायत अन्य दलले कांग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । माओवादी नेताहरुले प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा जुन दलले जहाँ जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट स्थानीय तह चुनावको नतिजालाई समेत आधार बनाएर बाँडफाँट गर्ने प्रस्ताव राखेका छन् । कांग्रेसले ८० सिटमा लडेर बाँकी ८५ सिटमा गठबन्धनका अन्य दलहरुले उम्मेदवारी दिने प्रस्ताव माओवादीको छ । यसमा नेकपा एस,जसपा लगायतका दलहरुको पनि सहमति रहेको नेकपा एसका सम्मानित झलनाथ खनालले बताए ।

खनालले भने–कांग्रेसले ६० प्रतिशतको दावी गर्नु उसको कुरा हो,गठबन्धन बैठकमा सबैका आ आफ्ना प्रस्ताव हुन्छन् । हाम्रो पनि हुन्छ । तर सहमतिमै टुंगो लाग्छ । कसले कति पाउने भन्दा पनि विगतमा कसले कहाँ जितेका छन् ती कायम राखेर बाँकी ठाउँ जनमत,व्यक्तित्व हेरेर सम्मानजनक ढंगले टुंगो लगाइनुपर्छ । आजको गठबन्धन बैठकले सबै आधार र मापदण्डका आधारमा सिट बाँडफाँटका लागि कार्यदल बनाउने र कार्यदलले दिने सुझावका आधारमा शीर्ष नेतृत्वले टुंगो लगाउने खनालले बताए ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...