एमालेसँग गठबन्धन वा एकता हुन सक्छ : वर्षमान पुन



हाम्रो इकोनोमि

 

 

कपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज एवम् स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले एमालेसँग माओवादीको गठबन्धन वा पार्टी एकताको सम्भावना रहेको बताएका छन् ।

एमालेका नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गर्दै उनले दीर्घकालीन रुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको समेत स्पष्ट पारेका छन् । वामपन्थी र विचार मिल्ने शक्तिहरुसँग सहकार्य र एकताको प्रक्रियामा आफूहरू अघि धारणा उनले व्यक्त गरेका छन् ।

एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतको गल्ती महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्नेछ ।’ एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा फेरि पार्टी एकता हुन सक्ने उनको भनाइ छ ।

विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै उनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताउँदै सो कुरा बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...