नेपालगञ्जबाट काठमाडौंबाट उडेको श्री एयरलाइन्सको विमान आपत्कालीन अवतरण



हाम्रो इकोनोमि

 

 

नेपालगञ्जबाट काठमाडौंबाट उडेको श्री एयरलाइन्सको विमान आज सोही विमानस्थलमा आपत्कालीन अवतरण गराइयो । विमानको इन्जिनबाट धुवाँ निस्किन थालेपछि पाइलटले विमानलाई नेपालगञ्ज विमानस्थलमै फर्काएका थिए ।

सो विमानमा सवार ७९ जना यात्रुमध्ये थिए कन्सल्टेन्सी व्यवसायी विनोज बास्तोला । उडिरहेको विमानमा समस्या देखिएपछि अरुको जस्तै उनको पनि हंसले ठाउँ छोडेको थियो । तर, आत्तिएकै मनस्थितिमा पनि उनले मोबाइलबाट भिडिओ खिच्न भ्याए ।

बास्तोलाका अनुसार विमान उडेको करिब १० मिनेटपछि समस्या देखिएको हो । सुरूमा ‘अलार्मिङ साउन्ड’ बजेको र त्यसपछि धुवाँ फैलिएको उनले जानकारी दिए । विमानभित्रको आफ्नो अनुभव उनले यसरी सुनाए :

आज ९:१५ को फ्लाइट थियो । लगभग ९:४० मा प्लेन उडेको थियो । केहीबेर विमान सामान्य रूपमा उडिरहेको थियो, तर अपेक्षित उचाई लिइरहेको थिएन । १० मिनेटजति उडिसकेपछि अचानक विमानबाट टिङटिङ गर्दै इमर्जेन्सी साउन्ड आउन थाल्यो । विमानभित्र खुल्दुली सुरु भयो । मलाई पनि अलिकति डर लाग्यो ।

मैले एयर होस्टेसलाई कपास मागेँ र किन आवाज आएको हो भनेर सोधेँ । यसअघि विमान चढ्दा कहिल पनि यस्तो साउन्ड आएको अनुभव थिएन । एयरहोस्टेसले चाहिँ ‘यस्तो नर्मल हो, कहिलेकाहीँ हुन्छ’ भनेर मलाई आश्वस्त बनाइन् ।

तर, त्यसलगत्तै विमानभित्र धुवाँ देखिन थाल्यो । त्यसपछि त कोलाहल सुरु भइहाल्यो । पाइलट र एयरहोस्टेसले केही पनि जानकारी दिएनन् । सबैजना आत्तिन थाले । भगवानको नाम लिन थाले । विमान दुर्घटनामा पर्ने निश्चितजस्तै लाग्यो । अब बाँचिदैन भन्ने भयो । त्यसबेला मैले बेसुरमै मोबाइल झिकेर भिडियो खिच्न थालेछु । अहिले कसरी खिँचेहोला जस्तो लाग्छ ।

धुवाँ निस्किएपछि पाइलटले एकदमै स्पिडमा विमानलाई टर्न गराए । त्यसबेला विमान ब्यालेन्समा थिएन । उनले स्वाट्टै ल्याएर एयरपोर्टमा विमानलाई थचारे । लगभग १००-२०० मिटरमै उनले झ्याप्पै ब्रेक लगाएर विमान रोके । त्यसपछि सबै यात्रुहरु ज्यान बचाउनका लागि भागदौड गर्न थाले । अगाडि पछाडिका सबै ढोकाहरु खुले ।

एयरहोस्टेसहरुले ‘छिटो छिटो भाग्नुस्, आगलागी हुन सक्छ’ भनिरहेका थिए । यात्रुहरु ढोकाबाट हाम्फाले । हाम्फाल्ने क्रममा तीन चार जना घाइते हुनुभएको छ । एम्बुलेन्स र दमकलहरु आउन थाले । सबैको ज्यान जोगियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...