सरकार के हेरेर बसेको छ पाटे बाघले २१ बाख्रा खायो : सांसद रावल



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभा सदस्य झपट रावलले कैलालीको मोहन्याल गाउँपालिका रहेको पाटे बाघ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले १६ गते पाटे बाघले स्थानीयका २१ बाख्रा मारेको भन्दै सरकारलाई उक्त बाघ नियन्त्रण गर्न माग गरेका हुन् ।

उनले कालिका सामुदायिक वनमा स्थानीय धर्मराज मिजासका १० नवीन बडूवालका ८, पहिला बिटुलाको २ र साबित्रा बडूवालको एउटा खसी बाख्रा मारेको उनले जानकारी गराएका हुन् । दुई डमरु सहित रहेको वयस्क बाघबाट अहिले पनि स्थानीय त्रसित रहेको भन्दै उनले बाघ नियन्त्रण गर्न माग गरेका हुन् । उनले आफूले पाउने सांसदको यो महिनाको भत्ता समेत उनीहरूलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।

शून्य समयमा उनले ठुलिगाड र कर्णालीको कटान नियन्त्रण गर्न माग गरे । चिसापानी सोल्डामा पहिरो गइरहेको भन्दै सडक मर्मतको माग पनि गरेका थिए । उनले कैलाली लम्की चुहा १ मा प्रस्तावित डुडेझाडी औद्योगिक क्षेत्र को इआइए अड्किएको भन्दै उनले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...