सरकार के हेरेर बसेको छ पाटे बाघले २१ बाख्रा खायो : सांसद रावल



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभा सदस्य झपट रावलले कैलालीको मोहन्याल गाउँपालिका रहेको पाटे बाघ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले १६ गते पाटे बाघले स्थानीयका २१ बाख्रा मारेको भन्दै सरकारलाई उक्त बाघ नियन्त्रण गर्न माग गरेका हुन् ।

उनले कालिका सामुदायिक वनमा स्थानीय धर्मराज मिजासका १० नवीन बडूवालका ८, पहिला बिटुलाको २ र साबित्रा बडूवालको एउटा खसी बाख्रा मारेको उनले जानकारी गराएका हुन् । दुई डमरु सहित रहेको वयस्क बाघबाट अहिले पनि स्थानीय त्रसित रहेको भन्दै उनले बाघ नियन्त्रण गर्न माग गरेका हुन् । उनले आफूले पाउने सांसदको यो महिनाको भत्ता समेत उनीहरूलाई उपलब्ध गराउने घोषणा गरेका थिए ।

शून्य समयमा उनले ठुलिगाड र कर्णालीको कटान नियन्त्रण गर्न माग गरे । चिसापानी सोल्डामा पहिरो गइरहेको भन्दै सडक मर्मतको माग पनि गरेका थिए । उनले कैलाली लम्की चुहा १ मा प्रस्तावित डुडेझाडी औद्योगिक क्षेत्र को इआइए अड्किएको भन्दै उनले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...