जनार्दनलाई जनताले सजाय दिनेछन् : पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले बजेट माफियाकरण गरेको आरोप लगाएका छन् ।प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले व्यापारिक घरानासँगको सेटिङमा शर्माले बजेट ल्याएको बताए । ´अर्थमन्त्रीले जनताका लागि भन्दा पनि व्यापारिका पक्षमा बजेट ल्याएका छन् । देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् । तर, जनताले सजाय दिनेछन् ।’

पाँचदलीय गठबन्धनका बाबजुद पनि एमालेको जनमत नघटेको उनको दाबी छ । २०७४ मा ३३ प्रतिशत मत ल्याएको एमालेले अहिले बढाएर ३४ प्रतिशत पुर्‍याएको पोखरेलले बताए । स्थानीय चुनावमा कांग्रेस पहिलो देखिएपनि आफ्नो सामर्थ्य नभई गठबन्धनको परिणाम भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...