एमालेमा विलय हुन एकीकृत समाजवादी तयार



हाम्रो इकोनोमि

 

 

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका बहुमत नेता विभाजन गरेको एमालेसँग मिलेर जानुपर्ने पक्षमा उभिएका छन्। अध्यक्ष नेपालबाहेक बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपानेलगायतले तत्काल एकीकरण नगरे पनि एमालेसँग मिलेर बामपन्थी मोर्चा बनाउनुपर्नेमा जोड दिन थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाउन सकिने र नेपाली कांग्रेससँग गठबन्धन गरेरै आगामी निर्वाचनमा जानुपर्ने बताइरहेका बेला एकीकृत समाजवादी त्यसमा राजी देखिएको छैन ।

बामपन्थी मोर्चा बनाउनुपर्ने र त्यो एमालेबाहेकको हुन नसक्ने एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले बताएका थिए। एक जना नेता भन्छन्,‘हाम्रो बिमति एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति थियो। तर एमालेबाहेकको मोर्चा बनाएर दक्षिणपन्थी शक्तिलाई सहयोग गर्ने होइन ।’ अध्यक्ष माधवकुमार नेपाल एमाले पराजित गराउने अभियानमा लागे पनि पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति र स्थानीय निर्वाचनमा माओवादी र कांग्रेसले हेपेका कारण पनि बहुमत नेताले फरक विचार राख्न थालेका छन् । उनीहरूले कतिपय बैठकमा नै एमालेसँग मिलेर जानुपर्ने राजीखुसी अभिव्यक्त गर्न थालेका हुन् ।

‘हामीले प्रवित्तिको विरोधमा समाजवादी रोजेका थियौं । यसको अर्थ एमाले निर्माणमा हाम्रो योगदान विर्सने र कांग्रेस–माओवादीको हेपाहा व्यवाहार सहने थिएन’, उच्च स्रोतले भन्यो । बामपन्थीको मात्र समाजवादी केन्द्र नबनेको खण्डमा बामपन्थी मोर्चा बनाएर आगामी चुनावमा एमालेकै नेतृत्वमा मैदानमा जान सकिने प्रस्ताव पनि अगाडि बढाइएको छ । एमालेलाई फकाउनका निम्ति भिम रावल, घनश्याम भुसाललगायतसँग पनि निरन्तर संवाद भइरहेको समाजवादीका नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...