सुनपानी छर्केर चोखो पारीयो जनार्दन शर्मालाई



हाम्रो इकोनोमि

 

 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि विशेष समितिले गरेको छानबिनको प्रतिवेदन आज २ बजे सभामुखलाई बुझाउने भएको छ । आजको प्रतिनििधसभाको बैठकमै समितिले छानबिन प्रतिवेदन बुझाउने भएको हो । छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज २ बजे छानबिन प्रतिवेदन संसदमा बुझाउने बताए । उनले भने, ‘आज करिब २ बजे हाउसमै छानबिन समितिको प्रतिवेदन बुझाउने तयारी रहेको छ । समितिले गरेको छानबिनको प्रतिवेदन बुझाउने तयारीमा हामी रहेका छौं ।’

करको दर हेरफेर गरेको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मादेखि अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहिर पुष्करलगायतसँग बयान लिएर समितिले प्रतिवेदन तयार गरेको छ । सीसीटीभी फुटेजलगायतका विषयमा पनि समितिले अध्ययन गरेको थियो । सुरुमा १० दिनभित्र छानबिन गरेर प्रतिवेदन तयार गर्ने भनेर समिति गठन भएको थियो । तर, समितिले समय नपुगेको भन्दै ७ दिनको म्याद थप मागेको थियो । संसदले पनि ७ दिनको म्याद थप गरेपछि समितिले बुधबार प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले गल्ती प्रमाणित गर्ने प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ । साथै यो छानबिन आफैंमा पर्याप्त नभएको पनि अर्को निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको छ । छानबिन समितिमा एमालेका ४, कांग्रेसका २, माओवादीका २, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका १/१ जना सांसद रहेका छन् । यदि बहुमत-अल्पमतका आधारमा निर्णय लिनुपर्ने अवस्था आएको खण्डमा सत्तापक्षीय सांसदहरूको लाइन पारित हुनेछ ।

समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक छन् । कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सीताराम महतो, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एसबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...