जनार्दन शर्मालाई क्लीन चिट दिन सत्तापक्षीय सांसदको प्रस्ताव



हाम्रो इकोनोमि

 

 

सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुबीचको मतभेदका कारण अर्थमन्त्रीमाथि छानविन गर्न बनेको संसदीय समितिलाई प्रतिवेदन लेख्न सकस परेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई क्लीन चिट दिने सत्तापक्षीय सांसदहरुको प्रस्तावमा प्रतिपक्षी सांसदहरु सहमत भएका छैनन् । समझदारी निर्माणका लागि आज बिहानैबाट सिंहदरबारमा औपचारिक तथा अनौपचारिक वैठकहरु बसिरहेका थिए । कर्मचारीहरुले प्रतिवेदन लेखन कार्य जारी राखेको भए पनि निस्कर्षलाई लिएर भने दुई पक्षबीच विवाद बढेको हो ।

शर्माविरुद्ध कुनै पनि प्रमाण नभेटिएकाले उनलाई निर्दोष ठहर गर्नुपर्ने पक्षमा सत्तापक्षमा सांसदहरु छन् । एमालेका सांसदहरुले भने सरकार र खासगरि अर्थमन्त्रालयले छानविन समितिलाई असहयोग गरेकाले शर्मालाई निर्दोष मान्न नसकिने तर्क गरेका छन् ।

अहिले समितिको सचिवालयले सांसदहरुसँग समूह–समूहमा अनौपचारिक छलफल गरिरहेको स्रोतले बताएको छ । एमाले, कांग्रेस, माओवादी तथा अन्य दलका सांसदहरुलाई सदस्यसचिव सुरेन्द्र अर्यालले आफ्नै कार्यकक्षमा बोलाएर बेग्लाबेग्लै छलफल गरेका हुन् । एमालेका सांसदहरुले यदि अर्थमन्त्रीलाई निर्दोष ठहर गरेर प्रतिवेदन लेखिएको खण्डमा आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न सक्ने संकेत गरेको स्रोतको भनाइ छ ।

अर्थमन्त्रालयभित्रको सीसीटीभी फुटेज रिकभर भए पनि दृष्यहरु अस्पष्ट भएकाले अर्थमन्त्रीलाई दोषी वा निर्दोष मान्ने विषयमा समितिभित्र विवाद भएको हो । ‘यदि सहमति नभएको खण्डमा एमाले सांसदहरुको नोट अफ डिसेन्टका बीच प्रतिवेदन पारित हुनेछ,’ स्रोतले भन्यो ।

यदि विवाद नमिलेको खण्डमा अल्पमत–बहुमतबाट निर्णय लिनुपर्ने हुन्छ । समितिभित्र सत्तारुढ दलहरुको स्पष्ट बहुमत छ । त्यसैले बहुमतको बलमा उनीहरुले प्रतिवेदनलाई पूर्णता दिएको खण्डमा एमाले सांसदहरुले नोट अफ डिसेन्ट लेख्ने मनस्थिति बनाएका हुन् । समितिले आजै प्रतिवेदनलाई पूर्णता दिनुपर्ने समयको दवाव छ । सरकारलाई बुझाएर भोलि नै प्रतिवेदन सार्वजनिक गर्ने समितिले निर्णय गरिसकेको हुँदा थप समय माग्ने सम्भावना देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...