साउन १६ गते जनप्रदर्शन गदै एमाले



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध साउन १६ गते काठमाडौंमा मानवसागर उतार्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी सिंगो शक्तिपरिच उपत्यकास्थित पार्टी कमिटी र जनसंगठनलाई निर्देशन दिनुभयो । सिंगो शक्ति परिचालन गरी बढीभन्दा बढी जनतालाई सडकमा ल्याउन सवै जनसंगठन र उपत्यकाभित्र रहेका सवै पार्टी कमिटीले बिशेष ध्यान दिनुपर्नै महासचिव पोखेलले बताउनु भयो ।

आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन बिशेष रहेकोले उपत्यकाका सवै जनतालाई उतार्न अभियान चलाइएको बताउनु भयो । नेकपा एमाले आन्दोलन परिचालन कमिटीको बिस्तारित बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका संयोजक श्रेष्ठले महंगीबिरुद्धको जनप्रदर्शनलाई सवैको साझा बनाएर अघि जाने योजनासमेत सुनाउनु भयो ।

 

बैठकमा सवै जनसंगठन, उपत्यकास्थित सवै पार्टी कमिटी र बागमति प्रदेश संगठन कमिटीलाई संख्या नै तोकिएको छ । बैठकमा प्रमुख अतिथि एमालेबरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले योजना बनाउने तर कार्यान्वयन नहुने बिगतको प्रबृत्ति यसपटक दोहोरिन नदिनका लागि बिशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...