एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापामा ४ दिन बिताउँने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिन गृहजिल्ला झापा रहनुहुने भएको छ । स्थानीय तहको निर्वाचनपछि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा चार दिन भेटघाट तथा बिभिन्न कार्यक्रममा सहभागी हुनुहने भएको हो । ओलीका सचिवालय सदस्य रामशरण बजगार्यंले  दिनुभएको जानकारीअनुसार अध्यक्ष ओली बुधवार झापा जानुहुनेछ भने १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । एमाले झापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का नेता कार्यकर्ता तथा बिभिन्न क्षेत्रका अगुवाहरुसँग भेटघाट गर्नुहुनेछ ।

अध्यक्ष ओली बुधवार ११ गते विहान भद्रपुर विमान स्थलमा अवतरण गरेर विर्तामोडमा आयोजना हुने नेपाल उत्पिडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बुधवार अध्यक्ष ओली विर्तामोडमै बस्नुहुनेछ ।

१२ गते विहान उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जानुहुनेछ । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । एमाले नेता होम थापाका अनुसार विहान ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र माथिल्लो कमिटीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

सोही दिन १०.३० बजे गौरादह नगर कमिटीका पदाधिकारीसहित माथिल्लो कमिटीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम छ भने १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी सवै भेटघाट होटल दमकस्थित कामाक्षमा आयोजना गरिएको छ ।

यस्तै दिउसो २ बजे क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुुहुनेछ । उक्त भेलामा वडा अध्यक्षदेखि माथिल्लो तहका जनप्रतिनिधी, जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथीका कार्यकर्ताहरु सहभागी हुनेछन् । सो कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा तय गरिएको छ । बिहीवार नै अपरान्ह साढे ४ बजे कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट हुनेछ । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग र ६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको छ ।

यस्तै १३ गते ९ बजे पार्टी निकट व्यावशायीसँग भेटघाट, १० बजे अनेमसंघका नेता कार्यकर्तासँग भेटघाट तय गरिएको छ भने ११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । यस्तै अन्य बिभिन्न भेटघाट तथा कार्यक्रममा सहभागी भई अध्यक्ष ओली साउन १४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको बजगाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि...

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

  शैक्षिक संस्थाबाट विद्यार्थी संघरसंगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको...

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

     स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।नेपाल...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...