जनार्दन शर्माले डिलिट गरेको सीसीटीभी फुटेज रिकभर



हाम्रो इकोनोमि

 

 

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट अध्ययन सुरू गरेको छ । सिंहदरबारमा बिहानबाट सुरु भएको बैठकमा प्रयोगशालाको रिपोर्ट खोलेर अध्ययन गर्न थालिएको हो ।

स्रोतका अनुसार विधि विज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभीबाट डिलिट भएको भिडियो पनि समावेश छ । त्यसमा १४ गते रातिको भिडिओ समावेश रहे/नरहेको चाहिँ स्पष्ट भइसकेको छैन । अर्थमन्त्रालयले आफ्नो सीसीटीभीको रेकर्डमा १३ दिनपछि स्वतः फुटेज डिलिट हुने गरेको वक्तव्य दिएको थियो । त्यसपश्चात समितिले फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिस्क नै पठाएर रिकभर गर्न लगाएको थियो ।

यदि १४ गते रातिको फुटेज पनि रिकभर भएको खण्डमा त्यसले नै ‘दूधको दूध पानीको पानी’ हुन सक्छ । उक्त फुटेजले त्यस रात अनधिकृत व्यक्तिको मन्त्रालयमा प्रवेश भएको थियो वा थिएन भन्ने स्पष्ट हुनेछ । बैठकपछि समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको बताए । यसका लागि ल्याबका प्राविधिकहरूसँग बसेर समितिले छलफल गर्ने उनले जानकारी दिए ।

उनले पत्रकारसँग भने, ‘फरेन्सिक ल्याबको सिलबन्दी रिपोर्ट खोलेर अध्ययन सुरु गरेका छौं । यो विश्लेषणको क्रममा नै छ । प्राविधिक विषय भएकाले फरेन्सिक ल्याबका विज्ञहरुबाटै जानकारी लिनुपर्ने देखियो ।’ समितिले ल्याबका विज्ञहरुलाई बेलुका ४ बजे आमन्त्रण गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...