माओवादीको भविश्य छैन : शंकर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताउनु भएको छ । प्रेस चौतरी नेपाल कर्णाली प्रदेश कमिटीले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताउनु भएको हो । २०६४ सालमा माओवादी र एमालेको मतान्तर धेरै ठूलो नभएको तर अहिले एमाले र माओवादीको मतान्तर निकै धेरै भएको तथ्य पनि महासचिव पोखरेलले राख्नुभयो ।

‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो । एमालेले २२ प्रतिशत पाएको थियो । यो ठूलो मतान्तर होइन ’ पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै पोखरेलले भन्नुभयो ‘अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो  मतको यो ढाँचाले माओवादी क्रमश ओरालो यात्रामा रहेको पुष्टी हुने उहाँले बताउनुभयो । ‘अहिले आर्थिक अवस्था अत्यन्त नाजुक बनेको छ, सरकार सुशासनको प्रश्नमा असफल देखिएको छ । र खुलेयाम रुपमा आफ्नो स्वार्थका लागि सत्ताको उपयोग गर्ने प्रबृत्ति बढेको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...