पूर्वमन्त्री ज्ञवालीको भाइरल फोटो चार वर्षअघि अमेरिकामा खिचिएको पुष्टि



हाम्रो इकोनोमि

 

 

दुई दिनअघि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा देशको महंगी चित्रण गर्न आफ्नै सन्दर्भ उल्लेख गरे । उनले आफ्नै भान्सामा दुईथरी तरकारी पकाउन सक्ने अवस्था नरहेको बताए । पूर्वमन्त्रीको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ । यस क्रममा ज्ञवालीले खाना खाइरहेको एउटा तस्वीर भाइरल भइरहेको छ ।

तस्वीरमा उनले खाना खाइरहेको टेबल विभिन्न परिकारहरुले भरिभराउ देखिन्छ । यही तस्वीरलाई उनको अभिव्यक्तिसँग जोडेर गलत प्रचार भइरहेको थियो । ज्ञवालीको यो तस्वीर उनको आफ्नो घरभित्रको भने थिएन । आजभन्दा चार वर्ष अगाडि अमेरिका बसाइका क्रममा एक नेपालीको भान्सामा यो तस्वीर खिचिएको पुष्टि भएको छ ।

अमेरिका निवासी भरतराज ज्ञवालीले आफ्नो घरको भान्सामा यो तस्वीर आफैँले मोबाइलबाट खिचेको पुष्टि गरेका छन् ।‘मैले फेसबुकमा पोष्ट गरेको तस्वीरलाई लिएर प्रदिप ज्ञवालीबारे गलत प्रचार गरिएको छ । यस्ता काम गर्ने अपराधिलाई सजाय होस्,’ उनले फेसबुकमा लेखेका छन् । ज्ञवालीले यो तस्वीर ३० सेप्टेम्बर २०१८ मा पोष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...