नेकपाभित्रकै अन्तरसंघर्षका कारण नेकपा फुट्यो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नै तत्कालीन नेकपाको निरन्तरता भएको दावी गरेका छन् । काठमाडौँमा सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले नेकपा विभाजित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माओवादीका मान्छे मात्रै भएको तथा नेकपा एससँग पूर्वएमालेहरु मात्रै रहेको तर केपी शर्मा ओली नेतृत्वको एमालेमा मात्रै नेकपाको अनुहार देखिने बताए ।

उनले भने, ‘आज तीन वटा पार्टीहरु नेकपाबाट अलग भएर बनेका छन् । नेकपा विघटन भइसकेपछि । प्रचण्डको पार्टीमा हेर्ने हो भने त्यहाँ नेकपा देखिँदैन, पूर्वमाओवादी मात्रै देखिन्छ । माधव नेपालको पार्टीमा हेर्ने हो भने त्यहाँ पूर्वएमाले मात्रै देखिन्छ । कमरेड केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमाले मात्रै यस्तो पार्टी छ जहाँ नेकपाको अनुहार देखिन्छ । यस अर्थमा हामीले नेकपा एकीकरणको जुन प्रक्रिया अघि बढाएका थियौँ । त्यसको वास्तविक उत्ताराधिकारी नेकपा एमाले हो भन्ने लाग्छ ।’ पोखरेलले नेकपाभित्रकै अन्तरसंघर्षका कारण नेकपा फुटेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...