नेकपाभित्रकै अन्तरसंघर्षका कारण नेकपा फुट्यो



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नै तत्कालीन नेकपाको निरन्तरता भएको दावी गरेका छन् । काठमाडौँमा सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले नेकपा विभाजित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माओवादीका मान्छे मात्रै भएको तथा नेकपा एससँग पूर्वएमालेहरु मात्रै रहेको तर केपी शर्मा ओली नेतृत्वको एमालेमा मात्रै नेकपाको अनुहार देखिने बताए ।

उनले भने, ‘आज तीन वटा पार्टीहरु नेकपाबाट अलग भएर बनेका छन् । नेकपा विघटन भइसकेपछि । प्रचण्डको पार्टीमा हेर्ने हो भने त्यहाँ नेकपा देखिँदैन, पूर्वमाओवादी मात्रै देखिन्छ । माधव नेपालको पार्टीमा हेर्ने हो भने त्यहाँ पूर्वएमाले मात्रै देखिन्छ । कमरेड केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमाले मात्रै यस्तो पार्टी छ जहाँ नेकपाको अनुहार देखिन्छ । यस अर्थमा हामीले नेकपा एकीकरणको जुन प्रक्रिया अघि बढाएका थियौँ । त्यसको वास्तविक उत्ताराधिकारी नेकपा एमाले हो भन्ने लाग्छ ।’ पोखरेलले नेकपाभित्रकै अन्तरसंघर्षका कारण नेकपा फुटेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...