गठबन्धनले देशलाई बर्वादीतिर धकेलेको छ : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले मुलुकलाई बर्वादीतिर लगेको तथ्य राख्नुभएको छ ।नेकपा एमाले बागमति प्रदेश संगठन कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण तथा भेलाको उदघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो तथ्य राख्नुभएको हो ।

‘गठबन्धनलाई मुलुकको कुनै चिन्ता छैन, नातागोता पोस्न ब्यस्त छ, मुलुक वर्वादीको दिशातिर छ । अहिले मुलुकमा अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई लिएर कुदेको, देशभित्रको राजनीतिक सम्बन्धहरुलाई तनावग्रस्त र कटुतापुर्ण बनाउँदै लगेको, अन्तराष्ट्यि सम्बनधलाई असन्तुलिन र अनुचित ढंगले खल्बल्याएको र देशको भविश्य नै के होला भन्ने गम्भीर अवस्था देखिएको छ । मन थाम्न गाह्रो हुने गरी बर्वादीतिर जाँदैछौं हामी,’ अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले गठबन्धनले देशलाई झगडियाको मुलक बनाएको तथ्य पनि राख्नुभयो ।

‘देशलाई नै झगडिया देश बनाइसक्यो अहिलेको गठबन्धनले । प्रधानमन्त्री छानिने मुद्धाबाट, प्रधानमन्त्री हटाइने मुद्धाबाट । सवै कुरा मुद्धाबाटै गर्न थालेको छ यो गठबन्धनले,’ अध्यक्ष ओलीले भन्नुभयो, यसदेशमा अरु बिषयको त पढाइ बन्द गरे हुन्छ कि क्या हो ? कानून बाहेक गठबन्धनले यसतर्फ देशलाई पुर्याइसक्यो ।’

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...