गठबन्धनले देशलाई बर्वादीतिर धकेलेको छ : केपी ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले मुलुकलाई बर्वादीतिर लगेको तथ्य राख्नुभएको छ ।नेकपा एमाले बागमति प्रदेश संगठन कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण तथा भेलाको उदघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो तथ्य राख्नुभएको हो ।

‘गठबन्धनलाई मुलुकको कुनै चिन्ता छैन, नातागोता पोस्न ब्यस्त छ, मुलुक वर्वादीको दिशातिर छ । अहिले मुलुकमा अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई लिएर कुदेको, देशभित्रको राजनीतिक सम्बन्धहरुलाई तनावग्रस्त र कटुतापुर्ण बनाउँदै लगेको, अन्तराष्ट्यि सम्बनधलाई असन्तुलिन र अनुचित ढंगले खल्बल्याएको र देशको भविश्य नै के होला भन्ने गम्भीर अवस्था देखिएको छ । मन थाम्न गाह्रो हुने गरी बर्वादीतिर जाँदैछौं हामी,’ अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले गठबन्धनले देशलाई झगडियाको मुलक बनाएको तथ्य पनि राख्नुभयो ।

‘देशलाई नै झगडिया देश बनाइसक्यो अहिलेको गठबन्धनले । प्रधानमन्त्री छानिने मुद्धाबाट, प्रधानमन्त्री हटाइने मुद्धाबाट । सवै कुरा मुद्धाबाटै गर्न थालेको छ यो गठबन्धनले,’ अध्यक्ष ओलीले भन्नुभयो, यसदेशमा अरु बिषयको त पढाइ बन्द गरे हुन्छ कि क्या हो ? कानून बाहेक गठबन्धनले यसतर्फ देशलाई पुर्याइसक्यो ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...