एमालेलाई देखाएर, कांग्रेसलाई तर्सएर सीटको मोलमोलाई : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कम्युनिष्ट पार्टी नामको साइनबोर्ड कम गर्न प्रचण्डदेखि माधव नेपाल बामदेव गौतमसम्मको छलफल सफल हो भन्ने शुभकामना दिँदै एमालेलाई देखाएर कांग्रेस तर्साउने खेल नखेल्न सुझाउनु भएको छ ।

तात्कालिन नेकपा बिभाजनमा संलग्न सचिवालयका ५ नेताको छलफललगत्तै भट्टराईले यस्तो बताउनु भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नपाल, सम्मानित नेता झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ मंगलवार बार्तामा बस्नुभएको थियो ।

सोही बिषयमा सामाजिक सञ्जालमार्फत एमाले सचिव योगेशले बुधवार साइनबोर्ड घटने बिश्वास ब्यक्त गर्नुभएको हो । उहाँले एमालेलाई देखाएर, कांग्रेसलाई तर्सएर सीटको मोलमोलाई र सामुहिक सौदाबाजी चै फगत कृपा प्राप्तिको रोदनमा मात्र हुने बताउनु भएको छ ।

‘समाचारका अनुसार कमरेडहरु प्रचण्ड, माधव, जेएन, बामदेब र नारायणकाजी बसेर पार्टी एकता गर्ने कुरा गर्नु भएछ । राम्रो कम्तीमा कम्युनिस्ट नामका साइनबोर्ड त घट्छन । अन्यथा एमालेलाई देखाएर, कांग्रेसलाई तर्छाएर सीटको मोलमोलाई र सामुहिक सौदाबाजी चै फगत कृपा प्राप्तिको रोदनमा मात्र हुनेछ,’ योगेशको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...