माइक्रोबस चढेर ओली पार्टी कार्यालयमा पुगे



हाम्रो इकोनोमि

 

 

सधैं सेतो जीपमा आउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माइक्रो बसबाट ओर्लिंदा च्यासलस्थित पार्टी कार्यालयमा रहेका नेता, कार्यकर्ता र कर्मचारीका लागि सरप्राइज भयो । मंगलबार दिउँसो अध्यक्ष ओली आफ्नो गाडीमा होइन माइक्रोबसमा पार्टी कार्यालय पुगेका थिए । सगरमाथा आरोही युवा संघकी नेता युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरण गरेर पार्टी कार्यालय जान लागेका ओलीले कार्यक्रमका सहभागीलाई लिन आएको विद्युतीय माइक्रोबस देखेपछि आफ्नो गाडी छाडे ।

आफू पनि माइक्रोबसबाटै पार्टी कार्यालय जाने भनेर अध्यक्ष ओली बसेपछि युवा संघ अध्यक्ष किरण पौडेल, नेता क्षितिज थेबेलगायत सबैजना त्यसैमा बसे । ओलीका अंगरक्षक माइक्रो बसमै बसे भने स्कर्टिङ गाडी पछि पछि लाग्यो । काठमाडौं-सिन्धुली रुटमा चल्ने माइक्रोबस आयोजकले रिजर्भ गरेर बालकोट लगेका थिए । ओलीले आफ्नो गाडी छाडेर सोही माइक्रोबसमा चढेपछि सुरक्षाकर्मी असिनपसिन भएका थिए ।

बालकोटदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयसम्मको यात्रा गरेपछि पूर्वप्रधानमन्त्री ओलीले वातावरण संरक्षण र पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय सार्वजनिक यातायात आवश्यक रहेको बताएको युवा संघका नेता थेबेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...