चीन जान्छु भनेकाले प्रचण्डलाई मोदीले नभेटेका हुन् : सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भारत पुगेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन पनि जान्छु भनेकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेटेको बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । भारत भ्रमणको क्रममा प्रचण्डले अपरिपक्व व्यवहार देखाएकाले मोदीले नभेटेका पाण्डेको टिप्पणी छ ।

‘प्रचण्डजीले भारत जाने क्रममा विमानस्थलमा सम्भवतः भारतबाट आउनेवित्तिकै चीन पनि जान्छु भन्नुभयो । मोदीले त्यसो भए म पनि भेटदिनँ भनेर भन्नुभयो ।’ प्रचण्डले त्यस्तो बोल्नु अपरिपक्व प्रवृत्तिको उपज भएको पाण्डले टिप्पणी गरे । त्यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवामा पनि अमेरिकाको छानामुनि रहनुपर्छ भन्ने सोच रहनु अपरिपक्वता भएको उल्लेख गरे । ‘शेरबहादुरजीको अर्काे अपरिपक्व सोच अमेरिकाको छातामुनि रहेपछि केही पनि गर्नुपर्दैन भन्ने छ । यी दुबै कुराले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र नेपाललाई बलियो बनाउने कुरामा बल पुग्दैन ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...