आरजु राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले माओवादी अध्यक्ष प्रचण्डले दिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्रीसँग अन्तिममा भेट हुन सकेन भनी निरीह र स्वाभिमानविहीन अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । रावलले प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उच्च तहको भ्रमणमा भेटवार्ता र विष्यवस्तु पहिल्यै निर्धारण हुने बताएका छन् । उनले झुकनीतिको आसे र दासे प्रवृतिबाट देशको कुटनीति मुक्त हुनुपर्ने बताएका छन् ।

रावलले भारतीय कांग्रेसको पछि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको भन्दै यसबाट नेपाली कम्युनिस्ट नेताले सिक्ने कि नसिक्ने भनी प्रश्न समेत उठाएका छन् । नेपाली कांग्रेससँग गठबन्धन गरेर कम्युनिस्ट पार्टी बलियो नहुने भन्दै उनले आरजु राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकी रहेको टिप्पणी समेत गरेका छन् ।

रावलले भनेका छन्– माओवादी नेता प्रचण्ड र भाजपाबीच दिल्लीमा एक अर्काका देशमा संयुक्त कार्यक्रम गर्ने सहमति भयो रे । यही हो ‘जनयुद्ध’ को लक्ष्य ? यस्तै कामकुराले देश कमजोर हुँदैछ ।अँझ प्रम पत्नी आरजु देउवा राणासँगको दिल्ली सहमतिको पर्दा खुल्न बाँकि छ । राष्ट्र हितप्रति खेलवाड र स्वार्थको भद्दा रुप ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...