आफूले धेरै नजिते पनि एमाले हराउने शक्ति हौं : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले स्थानीय चुनावमा धेरै पाउन नसके पनि एमालेलाई हराउन काफी भएको दाबी गरेका छन् । नेकपा एसको वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूको शक्तिलाई अवमूल्यन गर्दा गठबन्धनले पनि उल्लेख्य सफलता पाउन नसकेको बताए ।

नेपालले भने, ‘निकै ठूलो सम्भावना भएको भनिएको पार्टीले निकै ठूलो धक्का खान पुग्यो । हामी ग्राफ हेर्दै थियौं, कांग्रेसले कति पायो, एमाले र माओवादीले कति जिते भन्ने ग्राफ । राजनीतिमा आफूले धेरै पाउन सकेनन् भने अर्कोलाई सिध्याउन पनि काफी हुन्न । अहिले सुन्नुभएको होला, कतिपय ठाउँमा एक सिट जितेकोलाई मुख्यमन्त्री बनाइयो । हाम्रो शक्तिलाई अवमूल्यन गर्छन् भने महँगो मूल्य चुकाउनुपर्न हुन्छ ।’

अध्यक्ष नेपालले आफूहरू गठबन्धनको नाममा बढी आशावादी भइरहेको भन्दै एक्लै आफ्नो शक्ति बनाउन लाग्नुपर्ने बताए । उनले गठबन्धनको उम्मेदवार भएपछि सानदार जितिन्छ भन्ने भ्रममा नबस्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले अपमान गरिए गठबन्धनलाई चुनाव जित्न अप्ठेरोमा पर्ने चेतावनी समेत दिए ।

उनले भने, ‘गठबन्धनको उम्मेदवार बन्छौं सानदार जित्छौं भन्ने हाम्रोमा मानसिकता भयो । आफ्नो शक्ति बनाउन लागेनौं । हामीले कांग्रेस र माओवादीलाई हिर्काएको हिर्काएकै छौं । तिमीहरूको अहंकार, धोखाधडी र बेइमानीले जसरी गठबन्धनले जित्नुपर्थ्यो त्यो नहुने खतरा अहिले पनि छ भनिरहेका छौं । तर, हामीसँग अरु विकल्प पनि छैन ।’

अध्यक्ष नेपालले एमालेले अहिले आफूहरुलाई धेरै प्रहार नगरेकाले आफूहरूले पनि धेरै प्रहार नगर्ने बताए । तर, एमालेको भ्रममा पर्न नहुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...