प्रदेश खारेज गरे हुन्छ : मन्त्री मनाङे



हाम्रो इकोनोमि

 

 

प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसभित्र प्रदेश संरचना खारेजीको आवाज संगठित भइरहेका बेला गण्डकी प्रदेशका एकजना मन्त्रीले समेत प्रदेश नचाहिएको बताएका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मनाङ र मुस्ताङलगायतका जिल्लाका जनतालाई प्रदेश नचाहिएको बताए । प्रदेशसभाको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा आफू ‘इरिटेड’ भएको भन्दै जनताले प्रदेश खारेजीको माग गरेको बताए ।

उनले भने, ‘अहिले देशभरि जनताले प्रदेश खारेजीको माग गरेका छन् । यो मागमा हामी पनि सहमत छौं । हामी मनाङ, मुस्ताङतिरका मान्छेलाई चाहिएको छैन । हामीले के पाएका छौं र ? अरु जिल्लाकाले मान्दैनन् । तर, जनताको आवाज सामान्य हुँदैन है बुझिराख्नुस् ।’ मन्त्री मनाङेले श्रीलंकाको उदाहरणसमेत दिन भ्याए । उनले आफूलाई मन्त्री बन्न पनि मन लागेको र इरिटेड भएको भन्दै रोष्टममा उभिएर आफ्नोतर्फबाट भाषण गर्ने मान्छे भेटे १०/२० हजार पैसा दिने बताए ।मनाङेले गठबन्धन सरकारबाट नेकपाकै (पृथ्वीसुब्बा गुरुङ) सरकार ठीक थियो भन्दै त्यो सरकार ढाल्न आफूले सहयोग गरेकोमा समेत पश्चाताप व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...