प्रदेश खारेज गरे हुन्छ : मन्त्री मनाङे



हाम्रो इकोनोमि

 

 

प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसभित्र प्रदेश संरचना खारेजीको आवाज संगठित भइरहेका बेला गण्डकी प्रदेशका एकजना मन्त्रीले समेत प्रदेश नचाहिएको बताएका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मनाङ र मुस्ताङलगायतका जिल्लाका जनतालाई प्रदेश नचाहिएको बताए । प्रदेशसभाको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा आफू ‘इरिटेड’ भएको भन्दै जनताले प्रदेश खारेजीको माग गरेको बताए ।

उनले भने, ‘अहिले देशभरि जनताले प्रदेश खारेजीको माग गरेका छन् । यो मागमा हामी पनि सहमत छौं । हामी मनाङ, मुस्ताङतिरका मान्छेलाई चाहिएको छैन । हामीले के पाएका छौं र ? अरु जिल्लाकाले मान्दैनन् । तर, जनताको आवाज सामान्य हुँदैन है बुझिराख्नुस् ।’ मन्त्री मनाङेले श्रीलंकाको उदाहरणसमेत दिन भ्याए । उनले आफूलाई मन्त्री बन्न पनि मन लागेको र इरिटेड भएको भन्दै रोष्टममा उभिएर आफ्नोतर्फबाट भाषण गर्ने मान्छे भेटे १०/२० हजार पैसा दिने बताए ।मनाङेले गठबन्धन सरकारबाट नेकपाकै (पृथ्वीसुब्बा गुरुङ) सरकार ठीक थियो भन्दै त्यो सरकार ढाल्न आफूले सहयोग गरेकोमा समेत पश्चाताप व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...