किन जाँदैछन पुष्पकमल दाहाल भारत



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी दिउँसो १ बजे नयाँ दिल्ली उड्ने छन् । प्रचण्डको यो भ्रमण आकस्मिक हो । भारतीय दूतावास स्रोतका अनुसार प्रचण्डले ३ दिने भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने योजना रहेपनि निश्चित भइनसकेको बताइएको छ ।

भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेटवार्ता हुने तालिका रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताको नेपाल भ्रमणलगत्तै प्रचण्ड भारत जानुले फरक ढंगले हेरिएको छ । यसै क्रममा सरकारको नेतृत्व गरिरहेको कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा भारतकै भ्रमणमा छिन् । विशेष गरी चीनलाई काउन्टर दिने भारतको योजनाअनुरुपको भ्रमण हुनसक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ । प्रचण्ड आइतबार स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...