बालेन्द्रलाई सघाउने रुटिन अफ नेपाल बन्दलाई महानगरले दियो एक करोड



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगपालिकाका बहुचर्चित मेयर बालेन्द्र साहलाई निर्वाचनमा अनलाइन र सामाजिक सञ्जालको प्रयोग गरी सघाउने रुटिन अफ नेपाल बन्दलाई एक करोडको बजेट विनियोजन गरिएको छ । नगरपरिषद् बैठकले पारित गरी छपाइका क्रममा रहेको बजेट पुस्तिकाका अनुसार मेयर साहले आफ्नै निजी खर्चले बनाउने भनेको यमबुद्धको शालिकका लागि पनि महानगरकै १५ लाख रुपियाँ विनियोजन गरिएको छ ।

निर्वाचनमा प्रचार गर्ने ‘रुटिनअफ नेपालबन्द’का सञ्चालकले शुरू गरेको ई–स्पोटर्स प्रतियोगिता आयोजना गर्न एक करोड रुपियाँ विनियोजन गरिएको हो । महानगरपालिकाको बजेट तथा कार्यक्रमको मस्यौदाको ८ सय ८२ नम्बरको बुँदामा खेल आयोजना गर्न उक्त रकम विनियोजन भएको प्रमाण हेर्न सकिन्छ । नेपालमा अनलाइनबाट खेलाइने खेलका लागि एक करोड रुपियाँ विनियोजन गर्नु आश्चर्यको विषय बनेको छ ।

करिब ३५ लाख फलोअर्स रहेको रुटिन अफ नेपाल बन्दको नाममा खर्च गर्दा कार्यपालिकालाई जानकारी हुन सक्ने भन्दै मेयर साहले अनलाइन खेलको नाममा १ करोड रुपियाँ विनियोजन गरेको कामपाका उच्च अधिकारीले बताएका छन् । उक्त रकम सामाजिक विकास विभाग र भवन, आवास र शहरी विकास उपक्षेत्र शीर्षकमा विनियोजन गरिएको छ ।

१ सय ८ पेज लामो पुस्तिकामा मेयर साहले नगरपरिषद् सदस्यलाई दबाब र प्रभावमा पारी आफुलाई निर्वाचनमा सहयोग गर्ने संस्थालाई विनियोजन गरेको महानगरका पुराना कर्मचारीहरूको गुनासो छ ।

कामपाले सो बजेट पुस्तिका सार्वजनिक गरेको छैन । निर्वाचनमा फेसबुक र ट्विटरका माध्यमबाट चुनाव प्रचार गरी विजयी गर्न सफल रुटिन अफ नेपाल बन्दलाई गुन तिर्न एक करोड रुपियाँ विनियोजन गरेको कर्मचारीको भनाइ छ ।

‘शिक्षाको गुणस्तर सुधार्न अघि बढेका मेयर साहले साना बालबालिकाको मनौवैज्ञानिक असर हुने खेलका लागि १ करोड विनियोजन गर्नु गलत हो’ –एक कार्यपालिका सदस्यले  भने । ‘बजेट पुस्तिका कार्यपालिकाको बैठकले स्वीकृत गरिसकेको छ । अब छापाखानाबाट छापेर आएपछि सबैलाई वितरण हुनेछ, लगभग पास भइसकेको छ’ –एक कर्मचारीले भने । मेयर बालेन्द्रलाई मेयरको टिकट पाउनु अघिबाटै प्रचारमा लागेको रुटिन अफ नेपाल बन्द र ई–स्पोर्टस टिमलाई यो रकम प्राप्त हुनेछ ।

ई–स्पोर्टसको लगानीकर्तामध्ये रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल हुनुहुन्छ । पौडेलकै दबाबमा मेयर साहले कार्यक्रम आयोजना गर्ने नाममा १ करोड रुपियाँ विनियोजन गरेको खुलेको छ ।‘कुनै पनि एक करोडको कार्यक्रम आयोजना गर्न टेन्डर गर्नुपर्छ, हचुवाको भरमा मनपरी रकम विनियोजन गर्न पाइँदैन’ –एक कर्मचारीले भने । त्यसै गरी -यापर यमबुद्धको शालिक निर्माण गर्न १५ लाख रुपियाँ विनियोजन गरिएको छ । बजेट पुस्तिकाको ८ सय ६६ नम्बरको बुँदामा शालिक निर्माण गर्न १५ लाख रुपियाँ विनियोजन भएको प्रमाण छ ।

उक्त रकम पनि सामाजिक विकास विभागअन्तर्गत रहेको छ । मेयर साहले महानगरको बजेटबाट शालिक निर्माण गर्ने उल्लेख भएपछि मेयर साहको चर्को विरोध भएको थियो । त्यसलगत्तै उहाँले आफ्नै खर्चमा शालिक बनाउने उद्घोष गर्नुभयो । बजेट पुस्तिका नगर परिषद् सदस्यहरूमा वितरण गर्नु नीतिगत बाध्यता भएका कारण पुस्तिका हेरिसकेपछि मेयर बालेनविरुद्ध सबैतिरबाट आवाज उठ्न थालेको छ । यस निर्णयविरुद्ध आवाज उठ्न थालेपछि मेयर साहले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्नुभएको छ ।

उहाँले स्टाटसमा ‘काम गर्न देऊ डिस्टर्ब नगर’ लेख्नुभएको छ । उहाँको यस स्टाटरले बुझ्न सकिन्छ– मेयर साहले मनलाग्दी निर्णय गर्नथालेपछि उहाँको विरोध शुरू भएको छ । उहाँले लेख्नुभएको स्टाटसमा अधिकांशले विरोध जनाएपछि तत्काल मेटाउनुभएको छ । करिब ४० लाख जनसंख्याको प्रमुख भएका मेयर साहले स्वतन्त्रको नाममा आर्जन गरेको लोकप्रियता बजेट पुस्तिका हेरेपछि चकनाचुर भएको महानगरवासीहरूको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...