एम अधिकारी गभर्नर महाप्रसाद नभएको एमालेको दाबी



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भूमिगत नामसहित नेकपा एमालेमा क्रियाशील रहेको चर्चा भइरहेका बेला बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्।

स्थायी कमिटी सदस्य घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागमा खोटाङ निवासी एम अधिकारी पनि सदस्य रहेको विवरण सार्वजनिक भएपछि ती व्यक्ति गभर्नर अधिकारी नै रहेको ठहरसहित तीव्र आलोचना भएको थियो।अर्थमन्त्रालयबाट राजीनामा दिन बाध्य जनार्दन शर्मासँग सुरुमा विवादमा जोडिएका अधिकारी भूमिगत नामसहित एमालेको अर्थ विभाग सदस्य हरेको भन्दै माओवादी केन्द्रले उहाँको राजीनामा नै मागेको थियो।

महाप्रसादविरुद्ध सदनदेखि सडकसम्म माओवादी कार्यकर्ता हरुको स्वर चर्को भइरहेका बेला एमालेले बिहीबार दुईवटा पत्र सार्वजनिक गरेको छ।

एमाले केन्द्रीय कार्यालय च्यासलबाट बिहीबार दुईवटा पत्र सार्वजनिक भएका छन्। जसमध्ये पहिलोमा महाप्रसादले सिमपानी–१ खोटाङको ठेगाना उल्लेख गरे २०७३ जेठ २५ गते नै आफूलाई अर्थ तथा योजना विभागको सदस्यका रुपमा मनोनित गरिएकोप्रति ध्यानाकर्षण गर्दै आफू कुनै दलमा नरहेको उल्लेख गर्नुभएको छ ।

 

मलाई एमालेको अर्थ तथा योजना विभागमा राखिएकोबारे औपचारिक जानकारी आएको छैन। त्यहाँ राखिएको नाम मेरो नभई अन्य कुनै व्यक्तिको हुन सक्छ, उनले भनेका छन्, कथम् कदाचित उक्त नाम मसँग सम्बन्धित रहेको भए म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय समेत नरहेकाले उक्त नाम हटाइदिन हार्दिक अनुरोध गर्दछु। महाप्रसादको उक्त ध्यानाकर्षण पत्रपछि एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले १० असार २०७३ मा त्यसको जवाफ दिनुभएको छ ।

ुतपाईंले आफू पार्टी केन्द्रीय अर्थ तथा योजना विभागको सदस्य नरहेको भनि दिएको पत्रका आधारमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यहरुको नाम रुजु गर्दा उक्त नाम भूलवश पर्न गएको र सो नाम अन्तिम नामावलीमा नरहेको हुँदा तपाईंको यस विभागसँग कुनै सम्बन्ध नरहेको व्यहोरा अवगत गराउँदछु,ु श्रेष्ठले अधिकारीलाई लेखेको पत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...

आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...