ओलीले बालेन्द्रलाई दिए तबला उपहार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीकाे आमन्त्रणमा मेयर बालेन उनलाई भेट्न  हिजाे निजि  निवास बालकोट पुगेका  थिए । भेटमा ओलीले युवाहरु राजनीतिमा अगाडि आउनु धेरै राम्रो भएको भन्दै मेयर साहको प्रशंसा गरे । ओलीले मेयर साहको गीतमा टिप्पणी पनि गरे ।

उनले बालेनलाई भने,‘मैले तपाईंको गीतहरु सुनेको छु । राम्रो लाग्यो । तर तपाईले सबै नेताहरु चोर हुन्छन् भन्नुभएको छ । केही नेताहरु हुन्छन्, तर सबै नेताहरु हुदैनन् । गीतमा बाेल्दा सँधै सत्य बोल्नुपर्छ ।’

बालेनले ओलीको घरमा तबला देखेपछि तपाई बजाउनुहुन्छ ? भनेर सोधेका थिए ।  ओलीले सकारात्मक जवाफ दिए । बालेनले ‘मेरो पनि घरमा थियो, तर बिग्रेको छ’ भनेपछि ओलीले ‘यही लैजानुस भनेर तबला उपहार दिए । ओली र बालेनको यो दोस्रो भेट हो । यसअघि स्थानीय चुनावकाे मतगणनाकाे क्रममा नै बालेनले ओलीलाई बालकाेटमै गएर भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...