चितुवाको आक्रमणबाट काठमाडौंमा पाँचजना घाइते



हाम्रो इकोनोमि

 

 

काठमाडौंको नागर्जुनमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा दर्शन खोलामा चितुवाको आक्रमणबाट एकै परिवारका चारजना सहित पाँच जना घाइते भएका हुन् । मध्यरातमा करिब १ बजे घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेपछि लखेट्न जाँदा चितुवाले आक्रमण गरेको वडाध्यक्ष सुरज कुमार पोखरेलले  बताए ।

उनले भने, ‘लोकल कुखुरा पालेकोछाप्रोमा कुखुरा खान पसेपछि हल्लाखल्ला भएको थियो । लखेटन जाँदा परिवारका ४ जना र छिमेकीलाई समेत आक्रमण गरेको थियो ।’ घाइतेहरुलाई उपचारको लागि राति नै मनमोहन अस्पताल लगिएको थियो । उनका अनुसार घाइते भएका पाँचजना मध्ये २ जना डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार भइरहेको छ ।

उपचार भइइरहेको मध्ये हजुरआमाको अवस्था गम्भीर रहेको छ ।  कुखुरा कुरेर त्यहीँ छाप्रोमा बसेका राम भट्टराईले खोरमा विरालो पस्यो भनेर बाबुआमालाई बोलाउन गएका थिए । विरालो भनेर धपाउन जाँदा चितुवाले हजुरआमा सानीमैया भट्टराई बुबा कुमार भट्टराई,आमा सरस्वतिलाई आक्रमण गरेको थियो । हल्लाखल्ला भएपछि पुगेका छिमेकी सुविन भट्टराई समेत घाइते भए । आमा सरस्वतीका हात भाँचिएको छ भने बुबा कुमारको घाटी र टाउँकोमा चोट लागेको छ । हजुरआमाको टाउकोमा चोट लागेर टाका लगाइएको छ । भने रामको हातमा चोटलागेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...