४० प्रतिशत केन्द्रीय सदस्य सहित जसपा फुटउदै बाबुराम



हाम्रो इकोनोमि

 

उपेन्द्र यादवले डा. बाबुराम भट्टराईसँग अघि बढ्न इच्छा नदेखाई एक्लै चलेपछि सत्ता गठबन्धनको चौथो ठूलो दल र स्थानीय निर्वाचनबाट समेत देशकै चौथो दल बनेको जनता समाजवादी पार्टी औपचारिक विभाजनमा गएको छ । सोमबार एकैदिन उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका अलग-अलग बैठक बसेसँगै जसपा विभाजनमा गएको हो ।

डा. बाबुराम भट्टराईले बोलाएको संघीय परिषद्को बिस्तारित बैठकमा २३० जना केन्द्रीय सदस्य सहभागी भएको जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए । ४९९ सदस्यीय केन्द्रीय समितिका २३० जना बाबुरामतिर खुलेको दाबी पाण्डेको छ । यो भनेको जसपाको विभाजनका लागि कानूनबमोजिमको ४० प्रतिशतभन्दा बढी हो । संसदीय दलमा पनि आफूहरुको ४० प्रतिशत पुग्ने दाबी बाबुराम निकट नेताहरुको छ ।

सोमबारको बैठकमा भने बाबुराम र महिन्द्र राय यादव दुईजनामात्र सांसद सहभागी छन् । कतिपय उपेन्द्रसँग असन्तुष्ट नेताहरु पर्ख र हेरको अवस्थामा छन् भने समानुपातिक सांसदहरुको पद उपेन्द्रले खोस्ने डरले खुल्न सकेका छैनन् ।बाबुरामको पक्षमा जसपाका २० मध्ये १० जना सांसद रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...