रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो



हाम्रो इकोनोमि

 

 

रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । ‘बस दुर्घटनामा घटनास्थलमा नौ जनाको र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकको पहिचान भइसकेको छैन । मृत्यु हुनेमा सात जना पुरुष र पाँच जना महिला रहेका प्रहरी निरीक्षक ढकालले बताउनुभयो । दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ । धुलिखेलमा २१ जना र बनेपामा एक जना घाइतेको उपचार भइरहेको जानकारी दिएका ढकालले हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिनुभयो ।

‘तीन जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको थियो । उनीहरुको कहाँ उपचार भइरहेको छ, एकीन भएको छैन,’ उहाँले भन्नुभयो, काभ्रेमा उपचार भएका २२ जनामध्येमा छन् कि अन्त कतै लगिएको र उपचार भइरहेको छ, खुल्न बाँकी छ ।’ रामेछापको हिलेदेवीबाट छुटेको सो बस आज बिहान सवा १० बजे लुभुघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण पत्ता नलगाए पनि मोडमा कटाउन नसक्दा दुर्घटना भयो कि भन्ने अनुमान गरिएको निरीक्षक ढकालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...