गठबन्धनभित्र समस्या आउनु सामान्य कुरा : प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन् । उक्त कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेका थिए ।

गुरुङलाई जवाफ दिँदै देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरुले यसलाई बुझ्नुपर्छ ।’ देउवाले नेपाली राजनीतिमा स्व. कोइरालाको भूमिकाबारे पनि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...