बाबुरामले बोलाए समानान्तर बैठक, जसपा फुटने संकेत



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आव्हान गर्नुभएको छ । अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाउनुभएको छ ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रिय समितिको विस्तारित बैठक बोलाईएको हो’ केन्द्रिय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भन्नुभो । उहाँका अनुसार केन्द्रिय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

आन्तरिक कलहमा होमिईरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल थप बिबादमा भईरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...