बाबुरामले बोलाए समानान्तर बैठक, जसपा फुटने संकेत



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आव्हान गर्नुभएको छ । अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाउनुभएको छ ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रिय समितिको विस्तारित बैठक बोलाईएको हो’ केन्द्रिय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भन्नुभो । उहाँका अनुसार केन्द्रिय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

आन्तरिक कलहमा होमिईरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल थप बिबादमा भईरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...