यस्तो छ नयाँ मन्त्रिपरिषद् (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी नेपाल (जसपा) का तीन मन्त्री हेरफेर भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाका ३ मन्त्री थपेर मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गरेकी हुन् ।

वनियुक्त मन्त्रीमध्ये भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव छन् । नवनियुक्त मन्त्रीहरूको आजै अपरान्ह ४ बजे पद तथा गोपनीयताको सपथग्रहण हुने बताइएको छ ।

जसपाले सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई यथावत् राखेर कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएको छ । बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरू सरकारमा पठाएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...