अर्थमन्त्रीलाई भ्रष्टाचारको मुद्दा चलाउनुपर्छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

कपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनुपर्ने बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले अनधिकृत व्यक्ति घुसाएर मध्यरातमा बजेटमार्फत भन्सार र राजस्वका दर तल–माथि गरेको बेलाको सीसीटीभी फुटेज गायब पारेको खुलेपछि उहाँले यस्तो बताउनुभएको हो । पूर्वमन्त्री समेत रहेका भट्टराईले अनाधिकृत व्यक्तिहरुमार्फत अर्थमन्त्रीले सेटिङमा करका दर हेरफेर गरेको प्रमाणित भएकाले राजीनामा दिनुपर्ने कुराको थप पुष्टि भएको बताउनुभयो ।

‘अर्थ मन्त्रालयले भनेछ जेठ १४ गतेको सीसीटीभी फुटेज मेटियो।’ उहाँले भन्नुभयो ‘त्यसो हो भने अब फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्छ भन्ने कानुनको वाध्यकारी व्यवस्थाको बर्खिलाप गर्ने अर्थ मन्त्रालयका कर्मचारीमाथि राजश्वका दर हेरफेर गर्ने मतियारका रुपमा कारबाही हुनुपर्दछ । ’

सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७२का अनुसार सीसीटीभीबाट खिचेका दृश्यहरू कम्तीमा ३ (तीन) महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने प्रावधान छ । भट्टराईले थप्नुभयो , ‘अनाधिकृत व्यक्तिहरुमार्फत अर्थमन्त्रीले सेटिङमा करका दर हेरफेर गरेको प्रमाणित भएको स्पष्ट हुन्छ । अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने कुराको थप पुष्टि भएको छ । अब अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबीन गरी मुद्दा चलाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...